काठमाडौं । सिद्धार्थ बैंक सांगीतिक रियालिटी शो ‘नेपाल स्टार’ को बैंकिङ पार्टनर बनेको छ । बैंकले नेपाल टेलिभिजनबाट सुरू हुन गइरहेको सांगीतिक प्रतियोगिता नेपाल स्टारसँग सहकार्य गरेको हो ।
बुधबार राजधानीमा एक समारोहकाबीच नेपाल स्टार आयोजक कि एड्भरटाइजिङ र बैकिङ पार्टनर सिद्धार्थ बैंकबीच साझेदारी पत्रमा हस्ताक्षर भएको छ।
बैंकले हाल देशभर १८० वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखा रहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।