मोदी र ट्रम्पको ‘अन्तरंग मित्रता’ र जलिरहेको दिल्ली

दशकौंदेखि विश्वका ठूला लोकतन्त्रको रूपमा रहेका भारत र अमेरिका दुई कारणले जोडिएका छन्, आशा र साझा मूल्य । अब भारत विश्व रंगमञ्चमा उदाउन धेरै समय लाग्ने छैन र अमेरिकाले उसलाई विश्व लोकतन्त्रको उदाहरणीय पहरेदारको रूपमा आमन्त्रण गर्नेछ भन्ने विश्वास छ सबैतिर । दुवै देश साझा मूल्य र मान्यतामा प्रतिबद्ध भएका कारण भनेर सबैतिर आशा र विश्वास छ । यही कारणले यी दुई देश जोडिनुपर्ने थियो ।

 

तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालैको भारत भ्रमणले यो आधारभूत बुझाइको मिति सक्किइसकेको संकेत देखाएको छ । विश्वकै ठूलो क्रिकेट रंगशालामा मोदी र ट्रम्पको फोटाका अलावा अर्को एउटा लेखाइ पनि चर्चित रह्यो, ‘दुई बलिया देश, एक बलियो मित्रता’। भारत र अमेरिकाको गठबन्धनको संकेत थियो त्यो, सायद । तर, त्यो फगत क्यामेराको अगाडि देखाइएको दुई व्यक्तिबीचको ‘मित्रता’मा सीमित भयो ।

 

भ्रमणका समयमा जारी गरिएको संयुक्त वक्तव्यले दुई देशबीचको सम्बन्धको पूर्ण सम्भाव्यता उजागर गरेन । त्यहाँ साझा सुरक्षाको चासो मात्र दोहोर्याइयो । तर, सैन्य सम्झौता पनि दुई देशले चाहेको गतिमा अघि बढेन । केही क्षेत्रमा विषयहरु पछाडि धकेलियो । भारतले रूसबाट हतियार किन्ने आफ्नो अडान छाडेन ।

 

व्यापार र लगानीका तगाराहरू हटाउन खासै पहल भएन । संयुक्त वक्तव्यले चलिरहेका विषयहरूलाई छिट्टै निष्कर्षमा पुर्याउने ‘प्रतिबद्धता’ बाहेक धेरै कुरा बोलेन । दुई ‘लोक रिझ्याईं’मा धेरै चासो राख्ने मानिसहरुको हेडलाइन तान्ने फोटाहरूबाहेक भारत र अमेरिकाको सम्बन्धलाई अघि बढाउने तात्तिक काम भएनन् । र, मोदीले ट्रम्प र मेलिनियाको हात समातेका फोटाहरु बाहेक धेरै घटनाहरु भए यी दुई दिनमा भारतमा ।

 

दिल्लीमा हिंसात्मक घटनाहरू भए । शान्तिपूर्ण प्रदर्शनमा मोदी सरकारले गरेको दमन पछि यस्ता घटनाहरु भड्किएका हुन् । प्रहरीसहित यो झडपमा २० जनाभन्दा बढीको ज्यान गइसकेको छ । प्रहरी दमनका फोटा र भिडियोहरू सार्वजनिक भए । घाइतेहरु माथि प्रहरीको बर्बर व्यवहार पनि सार्वजनिक भए । केही हिन्दू युवाहरुले एक मुस्लिम युवालाई लठ्ठीले कुटेको र रक्तमुच्छेल पारेको घटना भाइरल भयो ।

 

यसैबीच मोदीका पार्टीका एक नेताले प्रहरीलाई ‘प्रर्दशनकारीलाई सडकबाट नहटाउने हो भने हाम्रा पार्टीका कार्यकर्ताले सडक खाली गर्छन्’, भनेर भन्न भ्याए । प्रर्दशनकारीहरु पनि हिंसात्मक नभएका होइनन् तर, गैर मुस्लिम गुण्डाहरूलाई राज्य संयन्त्रले नै परिचालन गरिरहेको देखिएको छ ।
-एजेन्सी

सेयर बजारमा नयाँ कीर्तिमान Read Previous

सेयर बजारमा नयाँ कीर्तिमान

सिद्धार्थ बैंक बन्यो नेपाल स्टारको बैंकिङ पार्टनर Read Next

सिद्धार्थ बैंक बन्यो नेपाल स्टारको बैंकिङ पार्टनर