उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी चैत २९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन् ।

 

यसअघि नै अनौपचारीक रुपमा गृह जिल्ला बागलुङबाट उमेदवारी घोषणा गरेका ढकाले आज काठमाडैंको होटल याक एण्ड यतीमा एक कार्यक्रम आयोजना गरी औपचारीक रूपमै उम्मेदवारी घोषणा गरेका हुन् ।

 

योसँगै अब ढकाले वरिष्ठ उपाध्यक्षका लागि किशोर प्रधानसँग चुनावी प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । यसअघि किशोर प्रधानले फागुन १ गते विराटगरबाट वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए ।

 

उनको उम्मेदवारी घोषणा कार्यक्रममा पूर्व अध्यक्ष सुरज वैद्य, चण्डिराज ढकाल, महासंघका पदाधिकारी, जिल्ला नगर, वस्तुगत तथा एशोसियट लगायतका व्यवसायीको उपस्थिति थियो ।

 

आगामी निर्वाचनबाट महासंघको नेतृत्व शेखर गोल्छाले गर्दै छन् । महासंघको विधानअनुसार महासंघको वरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुने प्रावधान छ ।

 

चैतमा हुने महाधिवेशनले जसलाई वरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछन् ।

खतिवडाको ठाउँमा बामदेवलाई लैजान नेकपाको निर्णय Read Previous

खतिवडाको ठाउँमा बामदेवलाई लैजान नेकपाको निर्णय

सेयर बजारमा नयाँ कीर्तिमान Read Next

सेयर बजारमा नयाँ कीर्तिमान