काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ ।
आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको बैठकले यही फागुन २० देखि रिक्त हुने राष्ट्रियसभाको सदस्यमा राष्ट्रपतिबाट मनोनित हुने कोटामा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभाका तीनमध्ये एक पद केही दिनपछि रिक्त हुँदैछ। सरकारको सिफारिसमा राष्ट्रियसभा सदस्य रहेका अर्थमन्त्री डा. युवराज खतिवडाको ठाउँमा बामेदव गौतमको नियुक्ती हुने छ ।
यससँगै उनी राष्ट्रिय सभाको मनोनीत सदस्य नबन्ने निश्चित भएसँगै अर्थमन्त्रीबाट पनि बाहिरिने पक्का भएको छ ।