काठमाडौं । टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ उपभोक्ता योजना बजारमा ल्याएको छ ।
यस योजना अन्तर्गत टाटा ब्राण्डका स्कूल बसको खरिदमा १ लाख रुपैयाँ नगद छुटसहित सोनी ५५ इन्चको एलईद्धी स्मार्ट टिभी, सामसुङ नोट १० मोबाइल, म्याकबुक एयर ल्यापटप, क्यानोन प्रोजेक्टर, थ्री इन वान प्रिन्टरमध्ये कुनै एक उपहार स्वरुप प्राप्त गर्न सकिने छ ।
यस योजनाले ग्राहकको बदलिदो इच्छा र अकांक्षालाई पूरा गरी टाटा स्कूल बसलाई नेपाली बजारमा छुट्टै पहिचान बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ । यी बसहरु विद्यार्थीको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको हो ।
कम्पनीका अनुसार टाटा स्कूल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बस सम्बन्धी सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ । एसी/ननएसीको सुविधासहितका बसहरू १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलहरुमा उपलब्ध छन् ।
उच्च प्राविधिक विशेषताले सम्पन्न यी बसहरुको लामो आयुको अतिरिक्त उत्कृट पुनः विक्री मूल्य भएको पनि कम्पनीले बताएको छ ।