विश्वका सबैभन्दा दूषित ३० सहरमध्ये भारतमा मात्रै २१ ओटा

विश्वका सबैभन्दा दूषित ३० सहरको सूचीमा भारताका मात्रै २१ ओटा सहर परेका छन् । एयर भिजुअलको विश्व हावा गुणस्तर रिपोर्ट अनुसार सबैभन्दा कम गुणस्तरको हावा भएका सहरको सूचीमा भारतका अधिकांश ठूला सहर रहेका छन् ।

 

रिपोर्ट अनुसार भारतको उत्तर प्रदेशस्थित राजधानी नयाँ दिल्लीको गजियाबाद सहर सबैभन्दा प्रदूषित रहेको उल्लेख छ । गत नोभेम्बरमा मात्र नयाँ दिल्लीले एक्युआइ स्तर ८०० नागेपछि स्वास्थ्य आपत्काल घोषणा गरेको थियो । यो भनेको खतरनाक स्तरको पनि तीन गुणा बढी हो ।

 

हावामा हुने कुनै पनि कण २.५ माइक्रोमिटर ‘डाएमिटर’ भन्दा सानो भएमा स्वास्थ्यका लागि धेरै हानिकारक मानिन्छ किनकी त्यस्ता साना कणहरु फोक्सो र ह्दय प्रणालीको गहिराइसम्म पुग्न सक्छन् ।

 

यसरी देशव्यापी रिपोर्टमा भने बांग्लादेश विश्वको सबैभन्दा प्रदूषित मुलुक रहेको पाइएको छ । त्यसपछि पाकिस्तान, मंगोलिया, अफगानिस्तान, भारत क्रमशः पाचौँ स्थानसम्म रहेका छन् ।

 

नेपाल पनि यसमा आठौँ नम्बरमा आएको छ । नेपालको हावा विशेषगरी संवेदनशील समूहका लागि धेरै अस्वस्थकर मानिएको छ । नेपालको हावाको गुणस्तर पीएम ४४.५ रहेको छ ।

 

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वव्यापी रुपमा वायु प्रदूषणका कारण वार्षिक ७० लाख मानिसको समय अगावै मृत्यु हुने गरेको छ । यसले विशेषगरी मुटु सम्बन्धी समस्या, क्यान्सर र स्वासप्रस्वासको संक्रमण गराउँछ ।

 

तर पनि शहरी क्षेत्रमा बस्ने ८० प्रतिशत मानिस निर्धारित हावाको गुणस्तर भन्दा खराब अवस्थामा बसोबास गरिरहेका छन् । यसमा पनि दक्षिण एसियाबारे विशेष चिन्ता व्यक्त गरिएको छ ।
-एजेन्सी

१५ वर्ष सक्रिय रूपमा महासंघलाई दिए, अहिले उपाध्यक्षमा स्वभाविक दाबेदारी हो : गुणनिधि तिवारी Read Previous

१५ वर्ष सक्रिय रूपमा महासंघलाई दिए, अहिले उपाध्यक्षमा स्वभाविक दाबेदारी हो : गुणनिधि तिवारी

टाटा मोटर्सको स्कूल बस खरिदमा नगद १ लाख छुट Read Next

टाटा मोटर्सको स्कूल बस खरिदमा नगद १ लाख छुट