काठमाडौं । विगत १० वर्षदेखि नेपालमा इन्टरनेट सेवा प्रदान गर्दै आएको क्लासिक टेक प्रालिले प्रभु टिभीसँग सहकार्य गरी उच्च गुणस्तरको इन्टरनेट साथै टिभी सेवा बजारमा ल्याएको छ । कम्पनीले प्रभु टिभीको नाममा टिभी सेवा बजारमा ल्याएको हो ।
यस सहकार्यले लामो समयदेखि गुणस्तरीय इन्टरनेट तथा टिभी सेवा माग गरिरहेको ग्राहकलाई ठूलो राहत पुग्ने कम्पनीले जनाएको छ ।
हाल यो सेवा काठमाडौँ उपत्यका लगायत प्राय सबै जसो सहरहरुमा उपलब्ध गराइएको छ । अब क्लासिक टेक र प्रभु टिभीको सहकार्यकमा विशेष स्कीम ‘आयो है आयो’ बजारमा आएको छ ।
यस कम्पनीले ३० एमबीपीएस गतिको ‘आयो है आयो’ प्लान मात्र ९ सय रुपैयाँ प्रतिमहिनाको दरमा वार्षिक ग्राहकहलाई उपलब्ध गराउने भएको छ भने टिभीको सुविधा निःशुल्क प्रदान गर्ने भएको छ ।
नेपालमा यति कम मूल्यमा इन्टरनेटका साथै टिभीको सुविधा उपलब्ध गराईएको यो पहिलो पटक हो । यो अफर सीमित अवधिका लागि मात्र उपलब्ध रहेको कम्पनीले जनाएको छ ।