काठमाडौं । एनआइसी एशिया बैंक र नेपा हिमा ट्रेड लिंक प्रालीबीच यस बैंकका ग्राहकलाई सोनीका आउटलेट तथा सोनी ब्राभिया किन्दा छुट दिने सम्झौता भएको छ।
उक्त सम्झौतामा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र कम्पनीका तर्फबाट कार्यकारी निर्देशक राजेश तुलाधरले हस्ताक्षर गरे।
सम्झौताअनुसार यस बैंकका ग्राहकले बैंकको डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी सोनी ब्राभिया टेलिभिजन किन्दा १० प्रतिशत वा अधिकतम २ हजारसम्म छुट दिइनेछ।यो योजना सोमबारदेखि यही महीनाको २९ गतेसम्म लागू हुने बैंकले बताएको छ।
बैंकले हाल देशभरका ३१९ शाखा कार्यालय, ४४६ एटीएम, १०३ एक्स्टेन्सन काउन्टर एवं ५२ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।