सेयर बजारमा झिनो करेक्शन, लगातार ३ अर्ब माथिको कारोबार

काठमाडौं । सेयर बजारमा झिनो करेक्शन देखिएको छ । ७ दिनमा १५९ अंकले बढेको बजारमा सोमबार करीब २ अंकको करेक्शन देखिएको हो ।

 

सोमबार सेयर बजार मापक सूचक नेप्से १.९६ अंकले घटेर १५०२.१८ विन्दुमा आइपुगेको छ । आज कुल १७९ कम्पनीको ३ अर्ब ४० करोड ५ लाख १६ हजार २७८ रुपैयाँ बराबरको कारोबार भएको छ । ८३ लाख ४८ हजार २३४ कित्ता सेयर खरीद–विक्री भएका छन् ।

 

यो ३ अर्बभन्दा बढी कारोबार भएको दोस्रो पटक हो । नेपाली सेयर बजार इतिहासमै आइतबार सबैभन्दा धेरै ३ अर्ब ६० करोडको कारोबार भएको थियो ।

 

आज कारोबार भएका १२ समूहमध्ये ३ समूहको मात्र परिसूचक उकालो लागेका छन् भने ९ समूहको परिसूचक ओरालो लागेका छन् । आज सबैभन्दा धेरै उत्पादनमूलक समूहको परिसूचक २३.३९ अंकले बढेको छ । जीवन बीमासमूहको परिसूचक सबैभन्दा धेरै २२०.८८ अंकले घटेको छ ।

 

कारोबारका आधारमा आज पनि एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रहेको छ । यसको २० करोड ४३ लाख ३४ हजार ७३ रुपैयाँको कारोबार भएको छ । आज एनएमबी सहित ७ कम्पनीको १० करोडभन्दा माथिको कारोबार भएको छ ।

 

आज ३ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कालिका माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, मञ्जुश्री फाइनान्स र युनियन हाइड्रोपावरको सेयर मूल्य करीब १० प्रतिशतले बढेको छ । आज गुह्येश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्स कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.५३ प्रतिशतले बढेको छ ।

उपत्यकामा रहेका खानेपानीका पुराना पाइप विस्थापित गरिँदै Read Previous

उपत्यकामा रहेका खानेपानीका पुराना पाइप विस्थापित गरिँदै

एनआइसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १०% छुट Read Next

एनआइसी एशियाका ग्राहकलाई सोनी ब्राभिया टिभी किन्दा १०% छुट