काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ५४औं साधरण र नयाँ कार्यसमितिको लागि निर्वाचनको मिति तय भएको छ । आज बसेको महासंघको १५ औँ कार्यकारिणी समितिको बैठकले मिति घोषणा गरेको हो ।
चैत २८ गते महासंघको वार्षिक साधारण सभा हुने छ भने २९ गते निर्वाचन हुने भएको छ । महासंघको ५४औं साधरणसभाबाट अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष हुने छन् भने अन्य पदाधिकारी तथा कार्यकारिणी सदस्यहरु निर्वाचनबाट चुनिएर आउने छन् ।
महासंघमा वष्ठिउपाध्यक्षको लागि हुने निर्वाचनमा अहिलेसम्म दुई जना बीच प्रतिस्पर्धा हुने देखिएको छ । वरिष्ठ उपाध्यक्षको लागि चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले निर्वाचन लड्ने तयारी गरिरहेका छन् ।