पुर्नकर्जा कार्यक्रमप्रति आकर्षण बढ्दो, पौने २० अर्ब रकम पुर्नकर्जामा

काठमाडौं । सरकारले उत्पादनशील गतिविधि तथा निर्यातलाई प्रोत्साहित गर्ने लक्ष्यका साथ अगाडि बढाएको पुर्नकर्जा कार्यक्रममा आकर्षण बढ्दै गएको पाइएको छ ।

 

आर्थिक समृद्धिको आधार तयार पार्न साना तथा मझौला कर्जालाई समेत जोड दिइएको तथा उत्पादनशील उद्योगको बढावाका लागि सरकारले लिएको नीतिलाई बैंक तथा वित्तीय संस्थालेसमेत आत्मसात गरेका छन् ।

 

नेपाल राष्ट्र बैंकका अनुसार गत पुस मसान्तसम्म १९ अर्ब ७५ करोड बराबरको रकम पुनःकर्जामा गएको छ । पुनःकर्जा दिने बैंकलाई केन्द्रीय बैंकले व्याज सहुलियतसमेत दिएको छ । बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले साधारण पुनःकर्जा १६ अर्ब ३५ करोड र निर्यात पुनःकर्जा एक अर्ब ४० करोड उपयोग भएको छ ।

 

यस्तै बैंकले भूकम्पपीडितलाई आवासीय घर निर्माणका लागि सहुलियतपूर्ण कर्जा प्रदान गरेको छ । बैंक तथा वित्तीय संस्थालाई उपलब्ध गराइएको पुनःकर्जाको बक्यौता गत पुस मसान्तमा १ अर्ब ७४ करोड रहेको छ । यस्तो कर्जा एक हजार ५९२ ऋणीले उपयोग गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

 

यस्तै गत पुस मसान्तसम्म कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत २० हजार ७९१ ऋणीले ४५ अर्ब ८ करोड कर्जा बक्यौता रहेको छ । सो कर्जाको अन्य शीर्षकअन्तर्गत तीन हजार १८७ ऋणीको १ अर्ब ९३ करोड कर्जा बक्यौता रहेको छ ।

 

त्यस्तै अन्तर–बैंक कारोवार चालू आवको छ महिनामा वाणिज्य बैंकबीच ९ खर्ब २६ अर्ब ५३ करोड र अन्य वित्तीय संस्थाबीच ९१ अर्ब ४२ करोड बराबर भएको छ ।

किन सुके किराना पसल, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा  वर्षेनि २५% ग्राहक बढ्दै Read Previous

किन सुके किराना पसल, मल तथा डिपार्टमेन्ट स्टोरहरूमा वर्षेनि २५% ग्राहक बढ्दै

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन चैत २९ गते Read Next

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन चैत २९ गते