काठमाडौं । पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।
आइतबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेर पुनः नयाँ रेकर्ड कायम गरेको छ। यसदिन छापावाला सुन प्रतितोला ७८ हजार ८०० पुगेको छ । गत शुक्रबार छापावाला सुन तोलाको ७८ हजार १ सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आज तेजाबी सुन प्रतितोला ७८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय शेयरबजार कोरोना भाइरसका कारण प्रभावित भइरखेको अवस्थामा अन्तरराष्ट्रिय स्तरमा नै सुनको मूल्य बढेको हो। आइतबार अन्तर्राष्ट्रिय बजारमो सुनको मूल्य प्रतिऔंश १ हजार ६४५.५० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आइतबार चाँदीको मूल्य ५ रुपैयाँ बढेर प्रतितोला ९२० रुपैयाँमा कारोबार भइरहेको छ।