काठमाडौं । सनराइज बैंकले नँया कर्जा योजना ‘सनराइज सरल एसएमई कर्जा’ संचालनमा ल्याएको छ ।
आफूसँग सीप, क्षमता र उद्यमशीलता भएका तर पूँजीको अभावले उद्यम, व्यवसाय सञ्चालन तथा विस्तार गर्न नसकिरहेका साना व्यवसायीलाई लक्षित गर्दै बैंकले सरल र सहजै तत्कालै कर्जा उपलब्ध गराउने उद्देश्यले यो योजना संचालनमा ल्याएको बैंकले जनाएको छ ।
बैंका अनुसार उक्त योजना अन्तर्गत ग्राहकले कर्जा लिन आवश्यक सम्पूर्ण कागजात बैंकमा पेश गरेको २४ घण्टामै ग्राहकलाई कर्जा प्रवाह गरिने व्यवस्था मिलाइए छ ।
यस योजना अन्तर्गत ग्राहकले १ करोड रुपैयाँसम्मको कर्जा सहुलियत ब्याज दरमा प्राप्त गर्न सक्नेछन् । यस्तै बैंकले कर्जाको लागि प्रचलित धितो आवश्यकताको लागि समेत केही छुट प्रदान गरेको छ ।
साथै यस्तो सुविधा उपयोग गर्ने व्यवसायसँग सम्बन्धित व्यक्तिहरुले निःशुल्क क्रेडिट कार्डको सुविधा समेतको लाभ उठाउन सक्ने छन् ।
बैंकले साना तथा मझौला उद्यमीको लागि कर लेखा तथा अन्य व्यवसायिक दक्षता अभिवृद्धिको लागि किसिमका परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ । यो सुविधा बैंकका देशभरका १३० शाखामा उपलब्ध हुने बैंकले जनाएको छ ।