काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्त वित्तीय संस्थालाई गाभ्ने भएको छ ।
एनआरएनले सो सम्बन्धी निर्णय गर्न फागुन १६ गते होटल साथी प्रालि, धनगढी, कैलालीमा बिहान ११ बजे सो साधारण सभा डाकेको छ।
लघुवित्तले सभामा किसान माइक्रोफाइनान्स र दिव्य लघुवित्तलाई गाभ्न शेयर आदान प्रदान अनुपात निर्धारण गर्ने, मर्जसम्बन्धी हालसम्म भएका निर्णयहरु अनुमोदन गर्ने लगायत प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ ।
त्यस्तै, मर्जपश्चात पूँजी संरचनामा हुने परिवर्तन हुने भएका कारण प्रबन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्तावहरु पारित गर्नेछ।
यसका साथै लघुवित्तमा गाभिएका साविकको क्रिएटिभ र रामारोधन लघुवित्त वित्तीय संस्थाको मर्ज अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।