काठमाडौं । नागरिक लगानी कोषले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई २३.१६ प्रतिशत लाभांश घोषणा गरेको छ ।
कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले गत वर्षको मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको २२ प्रतिशत अर्थात् २९ कराड ५८ लाख ७१ हजार ३०७ रुपैयाँ बराबरको शेयर र कर प्रयोजनाका लागि १ करोड ५५ लाद ७२ हजार १७४ रुपैयाँ नगद वितरण गर्ने भएको हो ।
कम्पनीले अघिल्लो वर्षको नाफाबाट पनि २२ प्रतिशत नै बोनस र कर प्रयोजनका लागि नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीले पाउनेछन् ।
