यी व्यवसायी र फर्मलाई दिइदै सीआईपी सम्मान, दाबी बिरोध भए दर्ता गर्न सकिने

काठमाडौं । सरकारले गर्ने महत्वपूर्ण व्यवसायीक व्यक्ति (सीआईपी) सम्मानका लागि छनौट भएका कम्पनी तथा व्यक्तिलाई दाबी बिरोध भए त्यस उपर निवेदन दिन सूचना प्रकाशित भएको छ । मन्त्रिपरिषदको निर्णय अनुसार महत्वपूर्ण व्यवसायीक व्यक्ति (सीआईपी) छनौट, सम्मान एवं सुविधा सम्बन्धी कार्यविधि २०७५ अन्तर्गत उक्त सम्मान गर्न लागिएको हो ।

 

व्यापार तथा निकासी प्रवर्धन केन्द्रले ती व्यवसायीक व्यक्तिहरुले दिएको विवरणमा दाबी बिरोध भए निवेदन दिन सूचना प्रकाशित गरेको हो । असार २३ मा सूचना प्रकाशित गरेको केन्द्रले दाबी बिरोध भए ७ दिन भित्र निवेदन दिइसक्न भनेको छ ।

 

सरकार सीआईपी सम्मान विभिन्न वर्ग निर्यात क्षेत्र, लगानी क्षेत्र, रोजगारी सिर्जना, विप्रेषण क्षेत्र, पर्यटन, कर दाखिला, युवा, दलित, सिमान्तकृत र पिछडिएको उद्योगी/व्यवसायी र व्यवसायीक प्रतिनिधिमुलक संस्थातर्फलाई छुट्टाछुट्टै सम्मानको व्यवस्था गरेको छ ।

नेपालको पर्यटनः आइफा, सर्जिकल मास्क र ‘साइट सिन’ Read Previous

नेपालको पर्यटनः आइफा, सर्जिकल मास्क र ‘साइट सिन’

उपत्यकामै पुल बिग्रिएपछि आवतजावत ठप्प Read Next

उपत्यकामै पुल बिग्रिएपछि आवतजावत ठप्प