काठमाडौं । बीमा अभिकर्ता (एजेन्ट) को प्रयोग नगरी सीधै बीमालेख खरीद गरे छुट पाइने भएको छ । बीमा समितिले लघुबीमा निर्देशिका २०७१ लाई संशोधन गर्दै जारी गरेको ‘लघुबीमा निर्देशिका २०७६’ ले बीमितलाई जीवन बीमाको हकमा ८ प्रतिशत तथा निर्जीवन बीमाको हकमा १० प्रतिशतका दरले हुन आउने रकम छुट प्रदान गर्न सकिने व्यवस्थागरेको छ ।
संशोधित निर्देशका उक्त निर्देशिका अनुसार जीवन लघु बीमालेखको हकमा १ वर्ष वा सोभन्दा बढी अवधिको र निर्जीवन लघु बीमालेखको हकमा १ वर्ष वा सो भन्दा कम अवधिको लागि मात्र जारी गर्ने सकिनेछ ।
संशोधित निर्देशका अनुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनदुान सम्बन्धी एकीकृत कार्यविधि २०७५ अनुसार विक्री गरिएको लघु बीमालेखको लागि उक्त कार्यविधिमा तोकिए बमोजिम बीमकले पाउने बीमा शुल्क अनदुान बराबरको रकम घटाई बाँकी रकम मात्र बीमा शुल्कको रूपमा लिनुपर्ने व्यवस्था छ ।
निर्देशिका अनुसार गैर सरकारी संस्था, स्वावलम्वन समूह, लघुवित्त वित्तीय संस्था, सहकारी संस्था लगायत कानुन बमोजिम दर्ता भएको अन्य संगठित संस्थाहरुले संस्थागत लघु बीमा अभिकर्ता बन्न सकिनेछ ।