आर्थिक विकासमा टेवा पुग्ने चार व्यावसायिक क्षेत्र छनोट

नेपालगञ्जको आर्थिक विकासमा टेवा पुग्ने चार व्यावसायिक क्षेत्र छनोट गरिएको छ । जर्मन सरकारको प्राविधिक सहयोगमा उपमहानगरपालिकद्वारा सञ्चालित स्थानीय तथा प्रादेशिक आर्थिक विकास परियोजनाअन्तर्गत यहाँ सम्पन्न ११ दिने कार्यशालाबाट तरकारी-फलफूल, खाद्य प्रशोधन, दूध (डेरी) व्यापार–पर्यटनको व्यावसायिक क्षेत्र छनोट गरिएको हो ।

 

स्थानीय अर्थतन्त्रलाई माथि उकास्ने र आइपर्ने जोखिमको सामना गर्नसक्ने क्षमतालाई सशक्त बनाउने उद्देश्यले व्यावसायिक क्षेत्र छनोट गरिएको नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए ।

 

उनले व्यापार व्यवसायको प्रवद्र्धनका नेपालगञ्ज उपमहानगरपालिका सबैखाले सहयोग गर्न सधैँ तयार जानकारी दिए । आगामी वर्षदेखि नेपालगञ्जमा आर्थिक प्रवद्र्धन विभाग स्थापना गरेर नयाँ व्यवसायका लागि सहयोग गर्ने योजना रहेको जनाइएको छ ।

विद्युतीय सवारीसाधन चार्जका लागि महशुल निर्धारण गरिँदै, यस्तो छ प्रस्तावित शुल्क Read Previous

विद्युतीय सवारीसाधन चार्जका लागि महशुल निर्धारण गरिँदै, यस्तो छ प्रस्तावित शुल्क

अब एजेन्ट बिनै बीमालेख खरीद गरे छुट पाइने Read Next

अब एजेन्ट बिनै बीमालेख खरीद गरे छुट पाइने