काठमाडौं । एनएमबी बैंकले लमजुङको चेपे खोला साना जलविद्युत् आयोजनामा १ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएको छ।
आशुतोष इनर्जी प्रालिद्धारा प्रवर्धित लमजुङको दूधपोखरी गाउँपालिका तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा रहेको ८.६३ मेगावाटको उक्त आयोजनामा लगानी गर्न बिहीबार बैंकले ऋण सम्झौता गरेको हो। योसँगै एनएमबी बैंकले लगानी गरेका जलविद्युत् आयोजनाको संख्या ४० ओटा पुगेको छ ।
जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ५० करोड रुपैयाँ अनुमान गरिएकोमा बैंकले १ अर्ब १२ करोड ५० लाख रुपैयाँ लगानी गर्न लागेको हो।
चेपे खोला साना जलविद्युत आयोजनामा जलविद्युत क्षेत्रका अनुभवी प्रवर्धकहरू तथा स्थानीय बासिन्दाहरुको लगानीमा निर्माण हुँदैछ । व्यापारिक उत्पादन शुरु गर्नुपर्ने मिति २०७८ फागुन ९ गते भएता पनि कम्पनीले ४ महीना अगावै व्यापारिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ ।