एनआईसी एशियामा खाता खोल्दा २ लाख १४ हजारसम्म फाइदा

काठमाडौं । एनआईसी एशिया बैंकले ल्याएको ‘न्यू चमत्कारिक बचत खाता योजना’ अन्तर्गत ल्याएका विभिन्न खाता सुविधामार्फत ग्राहकले ३० चमत्कारिक फाइदा पाउन सक्नेछन् । बैंकले यो योजना अन्तर्गत खाता खोल्दा न्यूनतम ५० हजारदेखि २ लाख १४ हजार रूपैयाँसम्मको चमत्कारिक फाइदा पाउने सुविधा दिएको छ ।

 

उक्त खाता खोल्ने ग्राहकले अतुलनीय तथा असिमित लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । बीमा सम्बन्धी ३ आकर्षक चमत्कारिक फाइदा, कर्जामा २ चमत्कारिक फाइदाका साथै २५ वटा अन्य चमत्कारिक फाइदाहरू बैंकले अघि सारेको छ ।

 

उदाहरणका लागि २१ लाख रूपैयाँको बीमा सुविधा बैंक बाहिरबाट लिँदाभन्दा बैंकको न्यू चमत्कारिक खाताअन्तर्गत गर्दा करिब १४ हजार रूपैयाँ बराबर ग्राहकलाई फाइदा देखिन्छ । जस्तै बैंकले दुर्घटना बीमा, घातक रोगहरू र मेडिकल बीमा अन्तर्गत २१ लाख रूपैयाँ बराबरको बीमा सुविधा प्रदान गरेको छ ।

 

बीमा सुविधा अन्तर्गत खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्णरुपमा अशक्त भएमा १० लाख रूपैयाँसम्मको बीमा सुविधा उपलब्ध हुनेछ भने १८ घातक रोगहरूको लागि १० लाख रूपैयाँसम्मको बीमा सुविधा र १ लाख रूपैयाँसम्मको औषधी उपचार (मेडिकल) बीमाको लाभ समेत खातावालाले पाउनेछन् ।

 

मेडिकल बीमा अन्तर्गत अस्पतालमा भएका सामान्य खर्च जस्तै डाक्टरको शुल्क, ल्याब टेष्ट, औषधि खर्च लगायतका खर्चहरु बापत २० हजार रूपैयाँसम्म र अस्पताल भर्ना वापत ८० हजार रूपैयाँँसम्मको ग्राहकले सुविधा पाउनेछन् ।

 

योसँगै खुद्रा कर्जा प्रवाह गर्दा २ चमत्कारिक फाइदाहरू छन् । खातावालालाई कर्जाको प्रशासनिक शुल्कमा २५ बेसिस प्वाइन्टसम्मको छुट प्राप्त हुनेछ भने कर्जा ब्याजदरमा विशेष सहुलियतको सुविधा दिइएको छ । यस बचत खाता हुने ग्राहक महानुभावले यदि ५० लाख रूपैयाँको कर्जा उपयोग गर्छन् भने उनीहरुलाई करिब ११३,००० रूपैयाँ बराबरको ब्याज तथा कर्जा प्रशासनिक शुल्कमा फाइदा पुग्छ ।

 

यसबाहेक विभिन्न खालका निशुल्क योजनाहरू जस्तै डेबिट/क्रेडिट कार्ड, खुद्रा कर्जा प्रशासनीक शुल्कमा तथा ब्याजदरमा छुट, कुनैपनि बैंकका एटिएम मेसिनबाट रकम झिक्दा नि:शुल्क, लकर मार्जिन शुल्क छुट, मासिक निक्षेप सुविधा निःशुल्क, डिम्याट खाता निःशुल्क, ई–कमर्श निशुल्क, निःशुल्क होम बैंकिङ्ग, स्वीप इन–स्वीप आउट जस्ता २५ चमत्कारिक सुविधाबाट ग्राहक ८७ हजारसम्मको  फाइदा हुन्छ ।

गोकुल बास्कोटाको राजीनामाः खास्टोले बिरालो छोपेर छोपिँदैन, म्याउँ म्याउँ गर्छ गर्छ Read Previous

गोकुल बास्कोटाको राजीनामाः खास्टोले बिरालो छोपेर छोपिँदैन, म्याउँ म्याउँ गर्छ गर्छ

विद्युतीय सवारीसाधन चार्जका लागि महशुल निर्धारण गरिँदै, यस्तो छ प्रस्तावित शुल्क Read Next

विद्युतीय सवारीसाधन चार्जका लागि महशुल निर्धारण गरिँदै, यस्तो छ प्रस्तावित शुल्क