काठमाडाैं । ४८ मेगा पिक्सेल भइको रेडमी नोट ७ प्रो नेपालमा सार्वजनिक भएको छ । काडमाडौंमा भएको एक कार्यक्रममा कम्पनीले रेडमी नोट ६ प्रो सार्वजनिक गरेको हो ।
रेडमी नोट ७ प्रो मा सोनीको ४८ एमपी शक्तिशाली क्यामेरा रहेको छ जसलाई क्वालकम स्न्यापड्रेगन ६७५ ले सुसज्जित गरेको छ र यसमा आश्चर्यजनक औरा डिजाइन रहेको छ ।
यसको अघिल्लो र पछिल्लो भागमा कर्निङ गोरिला ग्लास ५ सँगै रेडमी नोट ७ प्रो स्टाईल तथा फङसन भन्दा भिन्न छ । ६.३ इन्च, फुल एलइडी पिक्सेल एलटिपीएस प्यानल भएको डट नोच डिस्प्ले औरा डिजाइनमा रहेको छ ।
रेडमी नोट ७ प्रो ग्रेडियन्ट डिजाइन जस्ता विशेषता रहेका छन् र यो स्पेस ब्ल्याक, नेबुला रेड तथा नेप्चुन ब्लु कलरहरुमा उपलब्ध रहेको छ । औरा डिजाइनल भएको रेडमी नोट ७ प्रो मा कलर र गोरिला ग्लास ५ रहेको छ ।
यस फोनमा शाओमीले प्रयोगकर्तालाई ४८ एमपी फोटो लिन मिल्ने स्मार्टफोन क्यामेरा प्रस्तुत गरेको छ । यस लाइनको सबैभन्दा शीर्ष सोनी आईएमएक्स५८६ सेन्सर तथा स्पेक्ट्रा २५० एल आईएसपीको एडभान्स सिग्नल प्रोसेसिंग रहेको छ ।
रेडमी नोट ७ प्रो, ४ जीबी प्लस ६४ जीबी भेरियन्टका लागि २४,९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्टका लागि २९,९९९ रहेको छ ।