काठमाडौं। बैंक अफ काठमाडौं (बीओके)ले स्थापनाको २५ औं वर्ष पूरा गरेको छ । यसै अवसरमा कम्पनीले एक कार्यक्रम आयोजना गरी आफ्नो स्थापना दिवस मनाएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित भएका गर्भनर चिरञ्जीवी नेपालले २५ औं वार्षिकोत्सवको लोगो सार्वजनिक गर्दै, नेपालको बैंकिङ्ग क्षेत्रमा बीओकेले पु¥याएको योगदानका लागि धन्यवाद दिएका थिए ।
यसैगरी बैंकका सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठले आफ्नो स्वागत मन्तब्यका क्रममा बैंकले २५ वर्ष कसरी काम ग¥यो भन्ने जानकारी गराएका थिए ।
बैंकले रजत उत्सवको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अभियान अन्तर्गत काठमान्डु इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आइसीयु कक्ष निर्माण गर्न १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत शोभन देव पन्तले बैंक अफ काठमाण्डूको अहिलेको वित्तिय अवस्था, शाखा सञ्जाल र एटीएम तथा एक्टेन्सन काउन्टरलगायतका बिषयमा जानकारी दिएका थिए ।