कर्मचारीलाई लक्षित गर्दै मेगा बैंकले ल्यायो नयाँ बचत योजना

काठमाडौं । मेगा बैंक नेपालले नयाँ बचत योजना ल्याएको छ । बैंकले सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका कर्मचारीलाई लक्षित गर्दै ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ्स अकाउन्ट’ बचत योजना ल्याएको हो ।

 

मेगा बैंकका देशभरका १११ वटै शाखाबाट यस योजना अन्तर्गत खाता खोल्न सकिने बैंकले जनाएको छ । यस योजना अनुसार बचत खातामा न्यूनतम १ हजार रुपैयाँ बचत हुनुपर्दछ । यस बचत खातामा ६.५ प्रतिशत ब्याज पाइनुका साथै विभिन्न आकर्षक सुविधा तथा छुटको पनि व्यवस्था गरिएको छ ।

 

यसैगरी, यस योजनामा ग्राहकलाई ५० हजार रुपैयाँसम्मको मेडिकल बीमा गरिएको छ भने ७ लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको बैंक्ले बताएको छ ।

 

यसैगरी, मोबाइल बैंकिङ, डेबिट कार्ड र क्रेडिट कार्ड पहिलो वर्ष निःशुल्क रुपमा उपलब्ध गराइने बैंकले जनाएको छ । यस्तै, नेपालभित्रका जुनसुकै बैंकका एटीमबाट रकम झिक्न पनि निःशुल्क व्यवस्था गरिएको छ । यसका साथै, खातावाललाई ऋण लिन पनि यस योजनामा विशेष सुविधाहरु समेटिएका छन् ।

 

सरकारी, गैरसरकारी तथा निजी क्षेत्रमा कार्यरत सबैलाई अति नै आकर्षक र सुविधायुक्त भएका कारण ग्राहकहरुले यस बचत योजनालाई अत्याधिक मन पराइदिने मेगा बैंकको विश्वास छ । ‘बैंक अफ दी एयर २०१९’ बाट पुरस्कृत भएको मेगा बैंकले ग्राहकलाई आकर्षक र नवीनतम सुविधा प्रदान गर्दै आएको छ ।

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति Read Previous

पुनर्बीमा कम्पनीलाई १ अर्ब ६० करोडको आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको पिपल्लामा Read Next

ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको पिपल्लामा