ग्लोबल आइएमई बैंकको नयाँ शाखा डोटीको पिपल्लामा

काठमाडौं । ग्लोबल आईएमई बैंकले दिपायलको पिपल्ला बजारमा शाखा विस्तार गरेको छ ।

 

शाखाको ग्लोबल आईएमईका अध्यक्ष चन्द्रप्रसाद ढकाल, डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का अध्यक्ष गुणनिधि तिवारी र डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले संयुक्त रुपमा उद्घाटन गरे ।

 

बैंकका अध्यक्ष ढकालले बैंकको नयाँ शाखाबाट आधुनिक एवं अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा उपलब्ध हुने प्रतिबद्धता व्यक्त गरे ।

 

उनले सो क्षेत्रमा जम्मा भएको निक्षेप रकम सोही क्षेत्रमै परिचालन गर्ने र शाखाले आर्जन गरेको नाफाको एक प्रतिशत रकम त्यही क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक कार्यमा खर्च गरिने बताए ।

कर्मचारीलाई लक्षित गर्दै मेगा बैंकले ल्यायो नयाँ बचत योजना Read Previous

कर्मचारीलाई लक्षित गर्दै मेगा बैंकले ल्यायो नयाँ बचत योजना

एनआइसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा Read Next

एनआइसी एशिया बैंकको नयाँ शाखा धनुषाधाममा