काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल पुनर्बीमा कम्पनीले प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न अनुमति दिएको छ ।
कम्पनीलाई प्रतिकित्ता १ सय रुपैयाँ दरले १ अर्ब ६० करोड रुपैयाँको बराबरको १ करोड ६० लाख कित्ता आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।
कम्पनीले निष्काशन गर्ने उक्त आईपीओलाई इक्रा नेपालले ‘‘इक्रा एनपी आईपीओ ग्रेड २’ रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय अवस्था औसतभन्दा माथि रहेको जनाउँछ ।
आईपीओ निष्काशनका लागि कम्पनीले आरबीबी मर्चेण्ट बैंकिङलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।
कम्पनीको हाल चुक्ता पूँजी ८ अर्ब ४० करोड रुपैयाँ छ भने आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी १० अर्ब पुग्नेछ ।