मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

काठमाडौं । ‘मुक्तिनाथ विकास बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

 

मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्ने छन् । यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको उल्लेख गरेको छ ।

सुजुकी ड्राइभिङ स्कुलमा एनआईसीको क्यूआर र कार्डबाट भुक्तानी गर्दा १०% छुट Read Previous

सुजुकी ड्राइभिङ स्कुलमा एनआईसीको क्यूआर र कार्डबाट भुक्तानी गर्दा १०% छुट

सिटिजन्स बैंकले सहयोगी विकाश बैंक लिने Read Next

सिटिजन्स बैंकले सहयोगी विकाश बैंक लिने