सुजुकी ड्राइभिङ स्कुलमा एनआईसीको क्यूआर र कार्डबाट भुक्तानी गर्दा १०% छुट

काठमाडौं । एनआईसी एशिया बैंक र सुजुकी ड्राइभिङ स्कुलबीच बैंकका कर्मचारी तथा सम्पूर्ण ग्राहकलाई ड्राइभिङ स्कुलले प्रदान गर्ने सेवामा क्यूआर पेमेन्ट तथा डेबिट एवं क्रेडिट कार्डबाट रकम भुक्तानी गर्दा १०% सम्म छुट प्रदान गर्ने सम्झौता भएको छ ।

 

क्यूआर पेमेन्टका लागि सर्वसाधारणले एनआईसी एशियाको मोबाइल एपमार्फत् क्यूआर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्ने र उक्त भुक्तानीबारे एसएमएसबाट जानकारी प्राप्त गर्न सकिने जनाइएको छ ।

 

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट डिजिटल बिजनेस शाखाका इन्चार्ज रौनक करवा र सुजुकी ड्राइभिङ स्कुलको तर्फबाट स्कुलका अध्यक्ष राजन क्षेत्री र प्रमुख कार्यकारी अधिकृत विवेकजंग थापाले हस्ताक्षर गरे ।

बिग मर्जरः ‘फोर्स फुल’ मर्जर झन् घातक Read Previous

बिग मर्जरः ‘फोर्स फुल’ मर्जर झन् घातक

मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता Read Next

मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता