पहिलो पटक नोकियाले एण्ड्रोइड ओएसमा आधारित फिचर फोन ल्याउँदै

एजेन्सी । नोकियाले पहिलो पटक एण्ड्रोइड ओएसमा आधारित फिचर फोन बजारमा ल्याउने भएको छ । एचएमडी ग्लोबल अन्तर्गतको नोकिया कम्पनीले पहिलो पटक एण्ड्रोइड फिचरसहितको फोन बजारमा ल्याउने तयारी गरेको हो । यसको लागि कम्पनीले इजाजत समेत प्राप्त गरिसकेको छ ।

 

कम्पनीका अनुसार, एण्ड्रोइडमा आधारित नोकिया ८.२ ५जी, नोकिया ५.२ र नोकिया ५.१ स्मार्टफोन लञ्च गर्ने भएको हो । यसबाहेक पछिल्लो समय निकै चर्चामा रहेको नोकिया टिए १२१२ पनि सार्वजनिक गर्ने कम्पनीले जानकारी गराएको छ । यो फोन एण्ड्रोइड ओएसमा आधारित रहेको कम्पनीले थप प्रस्ट पारेको छ । कम्पनीका अनुसार, नयाँ आउने फोनमा थुपैै फिचरहरु रहेका छन् ।

 

यस नोकिया टिए १२१२ फोनको वजन मात्रै ८८ ग्राम रहने छ । त्यस्तै, यसको बाहिरी आकर्षण लगभग नोकिया २२०–४जी को जस्तै रहेको छ । हाल अनुमान गरिएका अनुसार यस फोनको डिस्प्ले २.४ इन्चको हुने छ भने यसको रिजोल्युशन 240*320 पिक्सल रहने छ । नोकिया २२०–४जी को अपग्रेड भर्जन रहने यस नोकिया टिए १२१२ मा, ८ एमबी र्याम र १६ एमबी इन्टरनल स्टोरेज उपलब्ध रहने छ ।

 

एण्ड्रोइड ओएसमा आधारित नोकिया कम्पनीको यो पहिलो फोन रहेकाले यो नै यसको मुख्य विशेषता रहने कम्पनीको दाबी छ । यस फोनमा काईओएस र एण्ड्रोइड प्रयोग गरिएको छ र यसलाई प्रयोगकर्ताले एण्ड्रोइड जसरी नै प्रयोग गर्न सक्नेछन् ।

महाशिवरात्रीको तयारी पूरा : ७५ लाख नगद र ४५ हजार केजी दाउरा तयार Read Previous

महाशिवरात्रीको तयारी पूरा : ७५ लाख नगद र ४५ हजार केजी दाउरा तयार

उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु Read Next

उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु