उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने काम सुरु

काठमाडौं । विद्युत प्राधिकरणले विद्युतीय तार भूमिगत गर्ने काम आज सोमबारबाट सुरु गरेको छ । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्जका वितरण केन्द्रका विद्युतीय तारहरु भूमिगत गर्न लागिएको हो ।

 

विजुलीका तार भूमिगतका लागि सबै उपकरण तथा मेसिनहरु आइसकेको र आजबाट औपचारिक रुपमा काम सुरु गरिएको प्राधिकरणका निर्देशक तथा प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए ।

 

रत्नपार्क र महाराजगञ्जमा विजुलीका तर भूमिगत गर्न सडक विभागबाट अनुमति नआउँदा काममा ढिलाई भएको अधिकारीले बताए ।

 

आज प्रधानमन्त्री केपी शर्माओलीले विद्युतीय तार भूमिगत गर्ने कामको औपचारिक सुरुवात गरेका हुन् । प्राधिकरणले ‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ–ठाउँमा प्वाल पारेर तार भूुमिगत गर्ने छ । यसरी काम गर्दा सबै स्थानमा सडक खन्नुपर्दैन ।

 

रत्नपार्क र महाराजगञ्जका केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्ने काम भारतको केइआइकके कम्पनीलाई ठेक्का दिइएको छ ।

 

विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देखिने छैन ।

 

विजुलीका तार भूमिगतको काम २०७८ मंसिरसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । अन्य केन्द्रमा पनि भूमिगत गर्नका लागि बोलपत्र आह्वान गरि मुल्यांकन भइरहेको जनाइएको छ ।

 

विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य स्थानहरुका वितरण प्रणालीलाई भूमिगत गर्दै लैजाने तयारी विद्युत प्राधिकरणले गरेको छ ।

 

तस्विरः अनलाइन खबरबाट

पहिलो पटक नोकियाले एण्ड्रोइड ओएसमा आधारित फिचर फोन ल्याउँदै Read Previous

पहिलो पटक नोकियाले एण्ड्रोइड ओएसमा आधारित फिचर फोन ल्याउँदै

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत कर्जा घरजगा धितोमा Read Next

बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जाको ६५ प्रतिशत कर्जा घरजगा धितोमा