महाशिवरात्रीको तयारी पूरा : ७५ लाख नगद र ४५ हजार केजी दाउरा तयार

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । फागुन ९ गते (शुक्रबार) परेको महाशिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न आउने भक्तजन र साधुसन्तको व्यवस्थापन गर्न आवश्यक पर्ने सबै तयारी पूरा गरिएको कोषले बताएको छ ।

 

पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । गुठी गोश्वाराले धुनीका लागि ४५ हजार किलो दाउरा पशुपतिमा ल्याइएको छ । संस्थानले विगतदेखि नै आएका साधुसन्तको स्वागत गर्ने उनीहरू रहुन्जेल खानपानको व्यवस्था गर्ने र दक्षिणासहित बिदाई गर्दै आएको छ ।

 

‘भक्तजनहरुलाई कुनै प्रकारका समस्या नहोस् । उनीहरुले सहजैसँग दर्शन गर्न पाउन भनेर विशेष तरिकाले लाइन व्यवस्थापनलाइ जोड दिइएको छ’, पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले भने ।

 

महाशिवरात्रिको दिन एरपोर्ट, गौशला, पुरानो बानेश्वरदेखि सवारी साधन प्रवेशमा निषेध गरिइएको छ । त्यस्तै चाबहिलबाट यता आउने गाडीलाई रोक लगाइने छ ।

 

पशुपति क्षेत्र विकास कोषले सकेसम्म कुनै पनि त्रुटी नहोस् भनेर लाइन व्यवस्थापन सहज र सजिलो बनाउने उद्देश्यले विभिन्न प्रकारका ११ ओटा उप–समिति बनाएको छ ।

 

भोजनालय तथा आवास व्यवस्थापन समिति, दर्शन व्यवस्थापन समिति, मेला बजार व्यवस्थापन समिति, स्वास्थ्य व्यवस्थापन समिति, भौतिक व्यवस्थापन समिति लगायतका विभिन्न उप समितिहरु बनाएर व्यवस्थापन गरिएको खतिवडाले जानकारी दिए ।

 

यस वर्ष लगभग २० लाखको हाराहारीमा भक्तजन आउने अनुमान गरिएको छ । लाइन व्यवस्थापन पश्चात् भक्तजनले करीब आधा घण्टामा दर्शन गरेर फर्किने सक्नेछन् ।

 

महाशिवरात्रीको दिन पशुपति क्षेत्रका चार वटै मूल ढोका खोलिने छ । पश्चिम मूल ढोका, दक्षिणको ढोका, पूर्वी ढोका र उत्तर ढोकाबाट प्रवेश गरेर दर्शन गर्न मिल्ने छ । दर्शनार्थीको लागि भनेर प्रत्येक लाइनमा स्वयमसेवकको व्यवस्था गरिएको छ । भक्तजनहरुलाई दर्शनमा सहजताका लागि सिफल, गौराघाट, एयरपोर्ट, बत्तिसपुतली र चाबहिल मित्रपार्क गरी ५ वटा क्षेत्रबाट लाइनको व्यवस्था गरिएको छ ।

 

रातिको समयमा पनि दर्शन गर्न सकिनेगरी सुरक्षा व्यवस्था कडा गरिने आयोजकले बताएको छ । भक्तजनको सुरक्षा व्यवस्थालाई महत्वपूर्ण रूपमा लिइएको आयोजको भनाइ छ । सुुरक्षाका लागि नेपाल प्रहरीका ४ हजारभन्दा बढी कर्मचारी खटाइने छ । त्यस्तै राष्ट्रिय अनुसन्धान विभागका सादा पोशाकमा कर्मचारीहरु पनि खटाइने छन् ।

 

‘उक्त दिन भोजन, जलपान तथा स्वास्थ्य सेवा दिन चहाने इच्छुक सम्पूर्ण संघ संस्थाहरुको लागि उचित व्यवस्था गरिएको छ । दर्शन गर्न आउनु हुने कोही पनि भोका नहुन् भनेर उचित प्रबन्ध गरिएको हो’, कार्यकारी निर्देशक सापकोटाले भने ।

 

शिवरात्रीका दिन ठाउँ ठाउँमा अस्थायी शौचालहरुको समेत व्यवस्था गरिनुका साथै आकस्मिक स्वास्थ्य उचारका लागि स्वास्थ्य शिविर पनि संचालन ल्याइने उनले बताए ।

 

महाशिवरात्रिको दिन एरपोर्ट, गौशला, पुरानो बानेश्वरदेखि सवारी साधन प्रवेशमा निषेध गरिइएको छ । त्यस्तै चाबहिलबाट यता आउने गाडीलाई रोक लगाइने छ ।

 

भक्तजनहरुको लागि यस वर्ष विशेष पासको व्यवस्था भने गरिएको छैन । विशेष दर्शन पासका कारण पक्षपात हुने, आफ्ना आफन्तहरु च्याप्ने पद्धतिका कारण यो वर्ष हटाइएको हो ।

सूर्या लाइफको ५५ हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक Read Previous

सूर्या लाइफको ५५ हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

पहिलो पटक नोकियाले एण्ड्रोइड ओएसमा आधारित फिचर फोन ल्याउँदै Read Next

पहिलो पटक नोकियाले एण्ड्रोइड ओएसमा आधारित फिचर फोन ल्याउँदै