काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्या लाइफ इन्स्योरेन्सको ५५ हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ।
बैंकले शिलबन्दी बोलपत्र मार्फत सो शेयर बेच्न लागेको हो । प्रतिकित्ता न्यूनतम २५० रुपैयाँमा उक्त शेयर विक्री गर्न लागेको हो । लगानीकर्ताहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन्।
लगानीकर्ताहरुले सो शेयर खरिदका लागि फागुन ५ गतेदेखि १३ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। शेयर खरिद गर्न इच्छुक लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। लगानीकर्ताले १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले एनआईसी एशिया क्यापिटल, एनआईसी एशिया बैंक, थापाथली, विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी, सुर्खेत र कमलादी शाखा कार्यालयबाट बोलपत्र पेश गर्न सक्नेछन्।