सेञ्चुरी बैंकमा १६८ जनालाई रोजगारीको अवसर

काठमाडौं । सेञ्चुरी बैंकले १ सय ६८ जना कर्मचारी माग गरेको छ । विभिन्न पदका लागि बैंकले उक्त संख्यामा कर्मचारी माग गरेको हो । बैंकले डेपुटी म्यानेजरदेखि ट्रेनी असिस्टेन्टसम्म मागेको छ ।

 

सेञ्चुरी बैंकले १ जना डेपुटी म्यानेजर मागेको छ जुन धनगढीका लागि मागिएको हो । त्यस्तै असिस्टेन्ट म्यानेजर १ जना, अफिसर १ जना असिस्टेन्ट अफिसर १ जना र सुपरभाइजर १ जना माग गरिएको छ ।

 

सुपरभाइजर, असिस्टेन्ट अफिसर र अफिसर आइटीका लागि प्रदेश तथा केन्द्रीय कार्यालयका लागि मागिएको छ । त्यस्तै बैंकले सिनियर असिस्टेन्ट ३ जना मागेको छ, जुन केन्द्रीय कार्यालयका लागि हो । अर्को एक जना सिनियर असिस्टेन्ट पनि केन्द्रीय कार्यालयका लागि नै रहेको छ ।

 

सेञ्चुरी बैंकले ३० जना म्यानेजमेन्ट ट्रेनी माग गरेको छ । विभिन्न शाखा तथा केन्द्रीय कार्यालयमा ३० जनाले अवसर पाउने छन् । केन्द्रीय कार्यालयका लागि आइटी डिपार्टमेन्टमा ५ जुनियर असिस्टेन्ट माग गरिएको छ ।

 

बैैंकले सबैभन्दा धेरै ट्रेनी असिस्टेन्ट माग गरेको हो । विभिन्न शाखाका लागि १ सय २५ जना ट्रेनी असिस्टेन्ट माग गएिको छ । इच्छुकहरुले जुलाई १७ सम्ममा आवेदन दिन सक्ने बैंकले ७ जुलाईमा प्रकाशित गरेको सूचनामा उल्लेख छ ।

विषादी परिक्षण निर्णय फिर्ता पछि बढ्दो आलोचना Read Previous

विषादी परिक्षण निर्णय फिर्ता पछि बढ्दो आलोचना

एनसीसी बैंकले घोषणा गर्याे १६.५ % लाभांश Read Next

एनसीसी बैंकले घोषणा गर्याे १६.५ % लाभांश