एनसीसी बैंकले घोषणा गर्याे १६.५ % लाभांश

नेपाल क्रेडिट एण्ड कर्मश बैंकले (एनसीसी) आर्थिक बर्ष २०७४/७५ को नाफाबाट सेयरधनीहरुलाई १५.८९ प्रतिशत बोनस सेयर बितरण गर्ने भएको छ । साथै, बैंकले कर प्रयोजनका लागि ०.८३ प्रतिशत नगद लाभांश पनि घोषणा गरेको छ ।

 

बैंकको ७५२ औं सञ्चालक समितिले गरेको उक्त निर्णय राष्ट्र बैंक र साधारण सभाबाट पारित भएपछि बितरण गरिने बैंकले जनाएको छ । बोनस सेयर बितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब नाघ्ने भएको छ । आर्थिक बर्ष ०७४/७५ को अपरिष्कृत बित्तिय बिवरणका अनुसार बैंकले १ अर्ब ७ करोड २० लाख रुपैंयाँ खुद नाफा गरेको थियो ।

 

बैंकले आर्थिक बर्ष ०७३/७४ को खुद नाफाबाट लाभांश बाँढ्न नपाउने भएको छ । बैंकले ४ वटा बिकास बैंक मर्ज गरेको थियो ।

सेञ्चुरी बैंकमा १६८ जनालाई रोजगारीको अवसर Read Previous

सेञ्चुरी बैंकमा १६८ जनालाई रोजगारीको अवसर

बिग मर्जरः ‘फोर्स फुल’ मर्जर झन् घातक Read Next

बिग मर्जरः ‘फोर्स फुल’ मर्जर झन् घातक