आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान

आइएमई लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआइपी) सम्मानबाट सम्मानित भएका छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा मंगलबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ढकाललाई उक्त सम्मान प्रदान गरेका थिए ।

 

बैंकिङ्ग प्रणाली मार्फत विप्रेषणको कारोबार गरी सबैभन्दा बढी वैदेशिक मुद्रा भित्र्याई मुलुकको अर्थतन्त्रमा वाणिज्य क्षेत्रको योगदान बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकोले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ढकाललाई उक्त सम्मान प्रदान गरेको हो ।

 

ढकाल यस अघि सन् २०१४ मा पनि उक्त सम्मानबाट सम्मानित भएका थिए । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्षसमेत रहेका ढकालको बैंक, वित्त तथा अन्य सेवामूलक क्षेत्रमा लगानी रहेको छ । केन्द्रले ढकाललगायत २५ जना विभिन्न व्यक्तित्वहरुलाई उक्त सम्मान प्रदान गरेको छ ।

ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा सेञ्चुरी बैंकको नाफा पनि २५ प्रतिशतले बढ्यो Read Previous

ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा सेञ्चुरी बैंकको नाफा पनि २५ प्रतिशतले बढ्यो

सुदूरपश्चिमकाे दिपायल विमानस्थलकाे कालोपत्र सम्पन्न Read Next

सुदूरपश्चिमकाे दिपायल विमानस्थलकाे कालोपत्र सम्पन्न