ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा सेञ्चुरी बैंकको नाफा पनि २५ प्रतिशतले बढ्यो

काठमाडौं। सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ६५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको यसै अवधिको भन्दा १३ करोड २१ लाख रुपैयाँ अर्थात २५.४९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

 

बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेर नै खुद नाफामा यो बढोत्तरी देखिएको हो । पुस मसान्तसम्ममा १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले ९१ करोड ७ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८ करोड ८५ लाख रुपैयाँ र सञ्चालन मुनाफा १८ करोड ६० लाख रुपैयाँ बढी हो ।

 

दोस्रो त्रैमासको अन्त्यसम्ममा बैंकको वार्षिक प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा कायम भएको छ । जुन गत आर्थिक वर्षका सोही अवधिको तुलनामा १ रुपैयाँ ८६ पैसा बढी हो । बैंकको मूल्य आम्दानी अनुपात ११.५२ ग्ुणा रहेको छ ।

मेगा बैंकले नाफा २९ प्रतिशतले बढायो, प्रति सेयर आम्दानी १८.२९ रुपैयाँ Read Previous

मेगा बैंकले नाफा २९ प्रतिशतले बढायो, प्रति सेयर आम्दानी १८.२९ रुपैयाँ

आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान Read Next

आइएमई लिमिटेडका अध्यक्ष ढकाललाई सीआइपी सम्मान