मेगा बैंकले नाफा २९ प्रतिशतले बढायो, प्रति सेयर आम्दानी १८.२९ रुपैयाँ

काठमाडौं। मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९५ करोड २ लाख ४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा २९.८० प्रतिशतले बढी हो । गत वर्ष बैंकले ७३ करोड २० लाख ४५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः १९.७९ र ३१.४८ प्रतिशतले बढेको छ । यसले पनि खुद नाफा बढाउन मद्दत पुर्याएको हो । बैंकको प्रतिसेयर आम्दानी १८ रुपैयाँ २९ पैसा र प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ २५ पैसा छ । पुस मसान्तसम्मा बेस रेट ९.७६ छ ।

वित्तीय संघियताः केन्द्र अनुदान दिँदै, प्रदेश र स्थानिय सरकार केन्द्रलाई नै फिर्ता पठाउँदै! Read Previous

वित्तीय संघियताः केन्द्र अनुदान दिँदै, प्रदेश र स्थानिय सरकार केन्द्रलाई नै फिर्ता पठाउँदै!

ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा सेञ्चुरी बैंकको नाफा पनि २५ प्रतिशतले बढ्यो Read Next

ब्याज आम्दानी र सञ्चालन नाफा बढ्दा सेञ्चुरी बैंकको नाफा पनि २५ प्रतिशतले बढ्यो