डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना

"साप्ताहिक २ जना भाग्यशाली ग्राहकलाई एक/एक लाख नगद उपहार"

डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले ‘डिशहोममा डिलर दाईको डिस्काउन्ट’ नामक अफर ल्याएको छ । जस अनुसार डिशहोमका डिलरहरु मार्फत फण्डट्रान्सफर बाट बार्षिक रिचार्ज गरे बापत एडअन प्याकेज सहित साप्ताहिक लक्कीड्रमा भाग लिने अवसर प्राप्त हुनेछ र हप्तामा २ जना भाग्यशाली ग्राहकहरुले प्रतिव्यक्ति एक लाख नगद उपहार जित्नु सक्नेछन् ।

 

साप्ताहिक लक्कीड्र कार्यक्रम २०७६ माघ २७ गते देखि बाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुको लागी मात्र लागु हुनेछ । साप्ताहिक लक्कीड्र २०७६ फागुन २ गतेबाट डिशहोमको शोकेस च्यानल नम्बर १०० मा प्रत्येक शुक्रबार बेलुकी ५ बजे प्रत्यक्ष प्रसारण गरिनेछ ।

 

प्रत्येक हप्ताको शुक्रबार देखि बिहिबार सम्म बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई आउने शुक्रबारकाे लक्कीड्रमा समावेश गरिनेछ । फण्डट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने ग्राहकहरुलाई मात्र साप्ताहिक लक्कीड्रमा समावेश गरिने छ । समावेश भएका ग्राहकहरुको डिश होम सेट–टप बक्सको कास आईडी को आधारमा विजेताको नाम घोषणा गरिने छ ।

 

बिजेताको घोषणा डिजिटल प्रणालीबाट गरिने छ । कम्पनीका अनुसार नेपाल भरि रहेका जुनसुकै डिशहोमका डिलरहरु मार्फत ग्राहकहरुले फण्डट्रान्सफरबाट बार्षिक रिचार्ज गरि यो योजनामा सहभागिता जनाउन सकिनेछ ।

प्राइम लाइफ इन्स्योरेन्सको घुम्ति बीमा कार्यक्रम Read Previous

प्राइम लाइफ इन्स्योरेन्सको घुम्ति बीमा कार्यक्रम

‘बैंकले साना तथा मझौला व्यवसायमा ऋण लगानी नै गरेनन्’ Read Next

‘बैंकले साना तथा मझौला व्यवसायमा ऋण लगानी नै गरेनन्’