प्राइम लाइफ इन्स्योरेन्सको घुम्ति बीमा कार्यक्रम

प्राइम लाइफ इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले संयुक्त रूपमा घुम्ति बीमा सेवा संचालन गरेका छन् । बीमा समितिद्घारा जारी शाखारहित घुम्ति बीमा सेवा सम्बन्धि मार्गदर्शन–२०७६ मा व्यवस्था भए बमोजिम ग्राहकरू लाई घरदैलोमा नै बीमा सेवा प्रदानगर्ने उदेश्यले उक्त घुम्ति बीमा सेवा आरम्भ गरेको कम्पनीले जनाएको छ ।

 

बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँइले ठाकुरद्घारा, वर्दियामा आयोजित एक भव्य समारोहका बिच सो घुम्ति बीमा सेवाको शुभारम्भ गरेका थिए । सो अवसरमा अध्यक्ष चापागाँइले बीमालाइ आम जनतामाझ सरलरूपमा जानकारी गराई बीमा सेवा उपलब्धगराउन यसप्रकारका कार्यक्रमले सहयोग पुग्ने विश्वास ब्यक्त गर्दै जीवन तथा निर्जिवन बीमा ब्यवसायका विभिन्न आयमका सम्वन्धमा आफ्नो धारण व्यक्त गरेका थिए ।

 

उक्त कार्यक्रममा एभरेष्ट इन्स्योरेन्सका कार्यकारी अधिकृत कमल गौतमले स्वगत मन्तव्य तथा प्राइम लाइफ इन्स्योरेन्सका कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले जीवन बीमाको महत्ववारे आफ्नो धारण व्यक्त गरेका थिए ।

विद्युत देखि खानेपानी सबैको भूमिगत व्यवस्थाका लागि ‘यूटिलिटी करिडोर ऐन’ Read Previous

विद्युत देखि खानेपानी सबैको भूमिगत व्यवस्थाका लागि ‘यूटिलिटी करिडोर ऐन’

डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना Read Next

डिशहोममा डिलर दाईको डिस्काउन्ट योजना