काठमाडौं । वीरगञ्जमा रहेको सुशील वनस्पति उद्योगमा आगलागी भएको छ । बिरगञ्ज महानगरपालिका–२१ लिपनीविर्तास्थित उद्योगमा शनिबार बिहान ३ बजेबाट आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
आगलागी नियन्त्रणका लागि वीरगन्ज महानगरपालिका, जितपुर सिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका र नेपाल आयल निगम अमलेखगञ्जका दमकल प्रयोग गरिएको छ ।
आगलागी नियन्त्रणका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय परिचालित छन् । आगलागी कसरी भएको हो भन्ने बारेमा अहिलेसम्म केही खुल्न सकेको छैन । अहिलेसम्म कति क्षति भएकाे छ त्यसकाे विवरण भने आउन वाँकी रहेकाे छ ।