मेगा बैंककी सिइओ खुञ्जेलीलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’ बाट सम्मानित भएकी छिन् ।

 

नेपाल व्यवस्थापन संघ (म्यान) ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । गत शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गरेका थिए । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुन् ।

 

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गरेकी छन् । यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उनले बताइन् ।

 

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकी छिन् । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गरेकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेकी थिइन् । उनको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष मात्रै बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गरेकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

चालु आवको ६ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रस्ताव, भारतभन्दा चीनको दोब्बर Read Previous

चालु आवको ६ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रस्ताव, भारतभन्दा चीनको दोब्बर

अबको २ पुरातात्विक एवं साँस्कृतिक सम्पदाको पूननिर्माण सकिने दावी Read Next

अबको २ पुरातात्विक एवं साँस्कृतिक सम्पदाको पूननिर्माण सकिने दावी