काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ४१ अर्ब ४७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । माघ १३ गतेसम्ममा वैदेशिक लगानी अन्तर्गत कुल १ सय ५७ वटा नयाँ उद्योगहरुबाट उक्त प्रस्ताव आएको हो ।
उक्त उद्योगहरु सञ्चालनमा आएपछि ८ हजार २ सय ८७ जनाले रोजगार पाउने अनुमान गरिएको छ । वैदेशिक लगानी प्रस्ताव अन्तर्गत सबैभन्दा बढि उर्जातर्फ आएको हो । उर्जा मूलक क्षेत्रमा कुल ११ अर्ब ८२ करोड लगानी प्रस्ताव आएको उद्योग विभागको तथ्यांकमा उल्लेख छ । कुल ५ वटा जलविद्युत परियोजनाको लागि सो प्रस्ताव आएको विभागले जनाएको छ ।
दोस्रोमा सूचना तथा प्रविधि मूलक क्षेत्रतर्फ १० अर्ब ३५ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ । यस अवधिमा २८ वटा सूचना तथा प्रविधि उद्योगहरु सञ्चालनका लागि लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
चीनले हालसम्म १८ अर्ब १४ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा १ सय २५ वटा नयाँ उद्योग सञ्चालनको प्रस्ताव आएका हुन् । उक्त उद्योग सञ्चालनले ७ हजार बेरोजगारलाई लावान्वित गर्नेछ । भारतले हालसम्म ९ अर्ब ८७ करोड लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा भारतले ११ वटा उद्योग सञ्चालनका लागि प्रतिवद्धता जनाएको हो । उक्त उद्योग सञ्चालन पछि ४ सय २९ जनाले रोजगार पाउने छन् ।
विभागको तथ्यांक अनुसार यी कम्पनीहरु सञ्चालनमा आए पश्चात् २ हजार ४ सय ८६ जनाका लागि रोजगार श्रृजना हुने अनुमान गरिएको छ ।
तेस्रोमा पर्यटन क्षेत्र रहेको छ । पर्यटन क्षेत्र तर्फ ८ अर्ब २२ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । सो लगानीमा ६० वटा उद्योग सञ्चालनको प्रस्ताव आएको हो । यी उद्योगहरु सञ्चालनमा आएपछि २ हजार ३ सय ९८ जनाले रोजगारी पाउने छन् ।
सेवामूलक उद्योगमा ७ अर्ब ५६ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको छ । उक्त लगानी ४० वटा उद्योग सञ्चालनका लागि प्रस्ताव आएको हो । सबै सेवामूलक उद्योग संचालनमा आएपछि २ हजार ४ सय ३६ जनाका लागि रोजगारी पाउने छन् ।
यस्तै उत्पादन मूलक क्षेत्रमा ३ अर्ब ८ करोड वैदेशिक लगानी प्रस्ताव आएको छ । सो लगानीमा २१ उत्पादन मूलक उद्योग सञ्चालनका लागि प्रस्ताव आएको हो । यी उद्योगहरु सञ्चालनमा आएपश्चात् ८ सय ६२ जनाले रोजगार पाउने छन् ।
यस्तै सबैभन्दा कम लगानी प्रस्ताव कृषि मूलक क्षेत्रमा आएको विभागको तथ्यांकले देखाएको छ । कृषितर्फ हालसम्म ३ उद्योग सञ्चालनका लागि मात्र लगानी प्रस्ताव आएको हो । चालु आवको ६ महिनासम्ममा कृषि क्षेत्रमा ४२ करोड रुपैयाँ लगानी प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ ।
कुन देशबाट कति लगानी प्रस्तावः
चालु आर्थिक वर्षको यो ६ महिनामा अष्ट्रेलियाले ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । अष्ट्रेलियाले सूचना तथा प्रविधिमा सो लगानी गर्ने प्रतिवद्धता जनाएको हो । उक्त लगानीमा कम्पनी सञ्चालन भएपछि १ सय १५ जनाले रोजगार पाउने छन् ।
बंगलादेशले १ अर्ब ५० करोड लगानी प्रतिवद्धता देखाएको छ । उक्त लगानीमा उत्पादन मूलक उद्योग सञ्चालनमा ल्याउने प्रतिवद्धता देखाइएको छ । सो उक्त सञ्चालनमा आएपछि ३१ जनाले रोजगार पाउने छन् ।
चीनले हालसम्म १८ अर्ब १४ करोड रुपैयाँ लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा १ सय २५ वटा नयाँ उद्योग सञ्चालनको प्रस्ताव आएका हुन् । उक्त उद्योग सञ्चालनले ७ हजार बेरोजगारलाई लावान्वित गर्नेछ ।
भारतले हालसम्म ९ अर्ब ८७ करोड लगानी प्रतिवद्धता जनाएको छ । सो लगानीमा भारतले ११ वटा उद्योग सञ्चालनका लागि प्रतिवद्धता जनाएको हो । उक्त उद्योग सञ्चालन पछि ४ सय २९ जनाले रोजगार पाउने छन् ।
जापानले हालसम्म १ अर्ब ५० करोड रुपैयाँ लगानी प्रतिवद्धता देखाएको छ। सो लगानी मार्फत २ वटा उद्योग दर्ता हुने भएका छनु । उक्त उद्योग सञ्चालनपछि १ सय ४१ जनाले रोजगार पाउने छन् ।
मलेशियाले ५९ करोड लगानी प्रतिवद्धता जनाएको छ । उक्त लगानीमा मलेशियाले एउटा मात्र उद्योग दर्ता गरेको हो । सो उद्योग सञ्चालनमा आएपछि ३८ जनाले रोजगार पाउनेछन् ।
पाकिस्तानले १ अर्ब लगानी प्रतिवद्धता देखाएको छ । उक्त लगानीमा २ वटा उद्योग दर्ता भएका हुन् । सो उद्योग सञ्चालनपछि १ सय ५ जनाले रोजगार पाउने छन् ।
बेलायतले ६ अर्ब ६६ करोड लगानी प्रतिवद्धता जनाएको छ । उक्त लगानीमा बेलायतले ४ वटा उद्योग सञ्चालनमा ल्याउन लागेको हो । यो उद्योग सञ्चालनमा आएपछि ४१ जनाले रोजगारी पाउने छन् ।
यस्तै दक्षिण कोरियाबाट २ अर्ब १० करोड रुपैयाँको लगानी प्रस्ताव आएको हो । सो लगानीमा कोरियाले २ वटा उद्योग सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ । कोरियाले उत्पादन मूलक क्षेत्रका लगानी प्रस्ताव गरेको हो ।
अमेरिकाले हालसम्म ४ अर्ब ५३ करोड रुपैयाँ लगानी प्रस्ताव गरेको छ । सो लगानीमा अमेरिकाले ३ वटा उद्योग सञ्चालन गर्ने प्रतिवद्धता जनाएको हो अमेरिकाले उर्जा, सूचना तथा प्रविधि तथा पर्यटन तर्फ एक–एक वटा गरी तीन वटा उद्योग सञ्चालनका लागि सो प्रतिवद्धता जनाएको हो । यी उद्योग सञ्चालनपछि २ सय ५० ले रोजगार पाउने छन् ।