अब सवारीसाधन धोएर मात्र काठमाडौं छिर्न दिइने, धुने ठाउँ बनाउन जग्गा हेर्दै सरकार

काठमाडौ। सरकारले सवारीसाधन धुने ठाउँ (वासिङ सेन्टर) को निर्माण गर्नका लागि जग्गाको खोजि शुरु गरेको छ । सरकारले काठमाडौं भित्रिने सवारीसाधन धोइपखाली मात्रै उपत्यका प्रवेश गराउने भएको छ । काठमाडौं भित्रने सवारीसाधनले धुलो र हिलो भित्र्याएको भन्दै सरकारले यस्तो गर्न लागेको हो ।

 

हाल सवारीसाधन धुने ठाउँको निर्माण गर्नका लागि धादिङको विभिन्न ठाउँमा जग्गा खोज्ने काम तिव्र गतिमा भइरहेता पनि टुङगो लागिसकेको छैन । उपयुक्त ठाउँ भेटिने वित्तिकै सवारीसाधन धुने ठाउँ निर्माण सुरु हुने यातायात व्यवस्था बिभागले जनाएको छ ।

 

‘जग्गा खोज्दै छौं, भेटिसकेको छैन । भेटिने वित्तिकै संचालनमा ल्याउने छाै‌’, यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले बताए ।

 

सवारीसाधन धुने ठाउँको निर्माण भएपछि उपत्यकामा सवारीसाधनले भित्र्याउने फोहर कम हँुदै जाने यातायात व्यवस्था विभागले जनाएको छ । उपत्यका भित्रने निजी र सार्वजनिक सबै सवारीसाधन केन्द्रमा धोएर मात्रै उपत्यका छिर्ने व्यवस्था मिलाइने विभागका महानिर्देशक हमालले बताए ।

घर नभत्किदा स्याफ्रुबेसी–रसुवागढी सडक निर्माण रोकियो Read Previous

घर नभत्किदा स्याफ्रुबेसी–रसुवागढी सडक निर्माण रोकियो

चालु आवको ६ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रस्ताव, भारतभन्दा चीनको दोब्बर Read Next

चालु आवको ६ महिनामा ४१ अर्ब वैदेशिक लगानी प्रस्ताव, भारतभन्दा चीनको दोब्बर