घर नभत्किदा स्याफ्रुबेसी–रसुवागढी सडक निर्माण रोकियो

काठमाडौं । स्याफ्रुबेसी देखि रसुवागढीसम्म चीनले आफैं सडक निर्माण गरिरहेको छ । सो सडकमा चीनले ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ । त्यहाँ रहेका पोल तथा घरहरु हटाउन हाल रसुवा कार्यालयमा पत्राचार गरिएको छ । सो कार्यालयले केही समयमै घर भत्काउन सूचना निकाल्ने भएको सडक विभागले जनाएको छ ।

 

गल्छी देखि रसुवागढी सडक खण्डका आयोजना प्रमुख नारायण भण्डारीका अनुसार सो सडकमा चीनले घरहरु नभत्किएसम्म बाँकी काम नगर्ने भएको हो । बाँकी कामका लागि घर भत्काएपछि मात्र चीनले काम गर्ने भएको उनले बताए । सुचना अनुसार आफै घर नभत्काए सडक विभागले आफै घर भत्काएर चीनका लागि बाटो खुल्ला गरिदिने छ ।

 

‘हामीले रसुवा कार्यालयलाई घर भत्काउन भनेको छौँ, उसले आज वा भोलिमा सूचना निकाल्ने छ, सो सुचनाको अवधि २५ देखि ३० दिनका लागि हुने छ । त्यो अवधिमा उनीहरुले नभत्काए हामी आफैं भत्काएर भएपनि काम गर्ने छौं,’ भण्डारीले चाणक्य पोष्टसँग भने ।

 

यस्तै गल्छीदेखि रसुवासम्मको सडक विस्तारको क्रममा हालसम्म २ अर्ब रुपैयाँ खर्च भइसकेको छ । उनका अनुसार सो सडक खण्ड निर्माणको काम २०७८÷७९ सालसम्ममा सकिसक्ने छ । हाल सो सडक खण्ड विस्तारको ३ वर्ष पुरा भएको छ ।

 

कुल ९ अर्ब ५ करोड लगानीमा बन्ने लागेको सो सडक खण्डमा २ चरणमा काम भइरहेको छ ।

 

पहिलो चरण तर्फ गल्छीदेखि मैलुङसम्म ४६ किलोमिटर लम्बाईको सडकमा २० किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी अन्यमा कालोपत्रे हुने क्रममा रहेको उनले बताए ।

 

आयोजना प्रमुख भण्डारीका अनुसार सो सडक खण्ड अन्तर्गत २२ वटा पुल पनि बन्दै छ ।

 

दोस्रो चरणमा मैलुङदेखि स्याफ्रुबेसीसम्म १९ किलोमिटर सडक खण्डमा कालोपत्रका लागि ठेक्का प्रकृया भइरहेको छ । सो खण्डमा ठेक्काको मूल्याङंकनको चरणमा रहेको छ । मूल्याङकन पछि सो सडकको पिचको काम सुरु हुने छ । उनले सो सडकको कालोपत्रेको कामपनि चाँडै सुरु हुने बताए ।

 

गल्छीदेखि र सुवागढीसम्म कुल ८२ किलोमिटर लम्बाइमा सडक विभागले सडक बनाउने काम गरिरहेको छ । सो सडकको विस्तार काम २०७३ मा सुरु भएको हो ।

कोरोना भाइरसको संक्रमण सँगै लसुनको मूल्य दोब्बरले बढ्यो, केजीकै मुल्य ६३५ Read Previous

कोरोना भाइरसको संक्रमण सँगै लसुनको मूल्य दोब्बरले बढ्यो, केजीकै मुल्य ६३५

अब सवारीसाधन धोएर मात्र काठमाडौं छिर्न दिइने, धुने ठाउँ बनाउन जग्गा हेर्दै सरकार Read Next

अब सवारीसाधन धोएर मात्र काठमाडौं छिर्न दिइने, धुने ठाउँ बनाउन जग्गा हेर्दै सरकार