परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता

काठमाडौं। नेपालका लागि स्वीजरल्याण्डका राजदूत महामहिम एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु बीच माघ २१ गते परिसंघको सचिवालयमा भेटवार्ता भएको छ । उक्त भेटघाटमा परिसंघका अध्यक्ष सतिश कुमार मोरले नेपाल स्वीजरल्याण्ड बीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बनाउदै आर्थिक तथा व्यापारिक र लगानी विस्तारमा केन्द्रित गर्नु पर्ने समय आएको बताए ।

 

स्वीजरल्याण्डले नेपालको आर्थिक तथा निजी क्षेत्रको विकासका साथै विशेषतः नेपालको गलैँचाको उत्पादन र विकासका साथै प्राविधिक शिक्षामा गरिरहेको योगदानको चर्चा गर्दै अध्यक्ष मोरले यसलाई थप विस्तार गर्न सहजकर्ताको भूमिका निर्वाह गर्न परिसंघ तयार रहेको उल्लेख गरे । उत्पादनमुलक क्षेत्र, पूर्वाधार तथा पर्यटनका क्षेत्रमा लगानीका सम्भावनाहरु रहेको तर्फ अध्यक्षले राजदूतको ध्यानाकर्षण गराए ।

 

सो अवसरमा परिसंघका अध्यक्ष एमिरेट्स व्यवसायी विनोद चौधरीले उद्योग र ऐतिहासिक औद्योगिक प्रतिष्ठानहरुको संरक्षण गर्न परिसंघले स्वीस दूतावाससँग सहकार्य गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे ।

 

सो अवसरमा राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्डले स्वीजरल्याण्ड र नेपालको महत्वपूर्ण सम्बन्धलाई आर्थिक अवसरमा बदल्न सबैखाले लगानीका लागि उचित वातावरण तयार गर्नु आफ्नो प्राथमिकतामा रहको बताए । लगानी वातावरणमा देखिएका समस्या सुधारमा सहकार्य अघि बढाउने प्रतिवद्धता पनि राजदूत ओस्वाल्डले उल्लेख गरे ।

लक्ष्मी बैंकका नवनियक्त अध्यक्ष सुशिल घिमिरेले गरे सपथग्रहण Read Previous

लक्ष्मी बैंकका नवनियक्त अध्यक्ष सुशिल घिमिरेले गरे सपथग्रहण

अपर्याप्त कर्मचारी र केन्द्रको अंकुशले वित्तिय संघियता अप्रभावकारी Read Next

अपर्याप्त कर्मचारी र केन्द्रको अंकुशले वित्तिय संघियता अप्रभावकारी