लक्ष्मी बैंकका नवनियक्त अध्यक्ष सुशिल घिमिरेले गरे सपथग्रहण

काठमाडौं। लक्ष्मी बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष सुशिल घिमिरेले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् । बैंकको सञ्चालक समितिमा संस्थापक शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने घिमिरेलाई बैंकको सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको थियो ।

 

सपथ कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नरहरु तथा अन्य पदाधिकारीका साथै लक्ष्मी बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

 

नवनियुक्त अध्यक्ष घिमिरे नेपाल सरकारका पूर्व सचिव हुन् । उनीसँग नेपाल सरकारको तर्फबाट विभिन्न सार्वजनिक संस्थाको सञ्चालक समितिमा रही अध्यक्षको पद सम्हालेको अनुभव छ ।

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक Read Previous

डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता Read Next

परिसंघका पदाधिकारी र स्वीजरल्याण्डका राजदूत बीच भेटवार्ता