डिशहोम विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजक

काठमाडौं। डिशहोमले विश्वकप क्रिकेट लिग २ को मुख्य प्रायोजन गर्ने भएको छ । लिग यही माघ २९ गतेसम्म किर्तिपुरमा चल्ने छ । एकदिवसीय मान्यता पाएपछि नेपालले घरेलु मैदानमा पहिलो त्रिकोणात्मक क्रिकेट सिरिज खेल्दै गरेको हो ।

 

नेपाल सहित ओमान र अमेरिकाले त्रिकोणात्मक सिरिज खेल्दैछन् जसमा कूल ६ खेल हुनेछन् । हरेक टोलीले समान दुई–दुई खेल खेल्नेछन् । नेपालले आफ्नो दोस्रो खेलमा अमेरिकासँग माघ २५ गते खेल्नेछ भने तेस्रो खेलमा नेपालले ओमानसँग माघ २६ खेल्नेछ । त्यसैगरी नेपाले आफ्नो अन्तिम खेल अमेरिकासँग माघ २९ मा खेल्नेछ ।

कोरोना भाइरस कि ‘कम्युनिष्ट’ भाइरस ? Read Previous

कोरोना भाइरस कि ‘कम्युनिष्ट’ भाइरस ?

लक्ष्मी बैंकका नवनियक्त अध्यक्ष सुशिल घिमिरेले गरे सपथग्रहण Read Next

लक्ष्मी बैंकका नवनियक्त अध्यक्ष सुशिल घिमिरेले गरे सपथग्रहण