प्राइम बैंकले कैलास विकास बैंकलाई गाभ्ने

काठमाडौं । प्राइम कमर्सियल बैंकले कैलाश विकास बैंक प्राप्ति गर्ने भएको छ । यस विषयमा दुई संस्थाको बीचमा आज शुक्रबार सहमति भएको हो ।

 

आज दुई संस्थाबीचमा भएको सहमती पत्रमा प्राइम कर्सियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ र कैलाशका विकास बैंकका अध्यक्ष नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेको छन् ।

 

दुबै संस्थाका मर्जर कमिटीका संयोजकले पनि उत्त सम्झौतामा हस्ताक्षर गरेका छन् । ‘केही समयअघि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । अब मर्जर कमिटिले अन्यकाम अगाडि बढाउँछ’ प्राइम बैंकका नायव महाप्रबन्धक भाइराजा तुलाधरले चाणक्यपोष्टसँग भने । साथै, प्राइमले कैलाश विकास बैंकको सेयरलाई प्रतिशेयर ९४ रुपैयाँ दिने पनि सहमति भएको छ।

भदौँबाट नागढुंगा सुरुङमार्गको काम सुरु हुने Read Previous

भदौँबाट नागढुंगा सुरुङमार्गको काम सुरु हुने

औद्योगिक समस्याका बिषयमा सरोकारवाला निकायसँग चेम्बरको छलफल Read Next

औद्योगिक समस्याका बिषयमा सरोकारवाला निकायसँग चेम्बरको छलफल