कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासमा ८० करोड ३० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा १८.७४ प्रतिशत अर्थात १२ करोड ६७ लाख रुपैयाँ बढी हो। ले बढी हो । गत वर्ष यसैअवधिमा यस बैंकले ६७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यससँगै बैकको वितरण योग्य नाफा ६५ करोड ८५ लाख ९४ हजार रुपैयाँ रहेको छ । कुमारीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै २०.१५ र १७.२९ प्रतिशतले बढेको छ ।
बैंकको चुक्ता पुँजी पनि गत वर्षका भन्दा ३३.२७ प्रतिशत लेबढेर ९ अर्ब ५५ करोड नाघेको छ । यस्तै रिजर्भ कोषमा २ अर्ब २४ करोड रुपैयाँ छ । पुस मसान्तसम्ममा ८० अर्ब ६७ करोड ५२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ८० अर्ब ९२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको यस बैंकले सो अवधिसम्ममा १ अर्ब ८२ करोड २९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३० करोड ५८ लाख रुपैयाँ बढी हो।
समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा १६ करोड ८० लाख रुपैयाँ बढेर १ अर्ब १३ करोड ४० लाख रुपैयाँ पुगेको छ। बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसाले घटेर १६ रुपैयाँ ७६ पैसामा सीमित भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा रहेकाे छ ।
त्यस्तै माछापुच्छ्रे बैंकको दाेस्राे त्रैमाससम्मकाे रिपाेर्ट अनुसार खुद नाफामा सुधार भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा बैककाे खुद नाफा ५.१७ प्रतिशतले बढेर ८२ करोड १८ लाख ५० हजार रुपैयाँ पुगेको हो । गत वर्ष यसैअवधिमा बैकले ७८ करोड १३ लाख ७७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा यसको वितरण योग्य नाफा ६० करोड ६३ लाख रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकले १ अर्ब ९८ करोड ६८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९ करोड २ लाख बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ९ करोड २२ लाख रुपैयाँ बढेर १ अर्ब २३ करोड ५३ लाख पुगेको छ।बैंकको खुद ब्याज आम्दानी १७.१० प्रतिशत र सञ्चालन नाफा ८.०७ प्रतिशतले बढेको छ । खराब कर्जा ०.०१५ ले बढेर ०.४५ प्रतिशत भएको छ ।
सञ्चालन नाफा र खुद ब्याज आम्दानीको वृद्धिदर सुस्त हुँदा त्यसले नाफालाई पनि प्रभावित बनाएको हो । पुस मसान्तसम्ममा बैकले निक्षेप संकलन १४.४९ प्रतिशत र कर्जा लगानी १७.२७ प्रतिशत ले बढाउन सफल भएको छ । प्रतिसेयर आम्दानी १९ रुपैयाँ ४३ पैसा भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८८ पैसा छ ।