जन्मदिन मनाउन चन्द्रागिरि केवलकारकाे टिकट निशुल्क

चन्द्रागिरि केवलकारमा आफ्नो जन्मदिनको अवसरमा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई केवलकार सेवा निशुल्क प्रदान गर्ने जनाएको छ ।

 

कम्पनीका अनुसार चन्द्रागिरि भ्रमण गर्ने पर्यटकको जन्मदिन बिशेष बनाउने उद्देश्यले यो योजना ल्याइएको हो । यो योजना अन्र्तगतको सेवा लिन पर्यटकले जन्म दिन खुल्ने आधिकारिक कागजात टिकट काउन्टरमा पेस गर्नुपर्ने छ ।

 

चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्धित यस कम्पनीले ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्व बोकेको चन्द्रागिरि हिलमा भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

एभरेष्टको नाफामा ८ कराेडले बढ्दा सनराइज बैंकले बढायो १५ कराेड Read Previous

एभरेष्टको नाफामा ८ कराेडले बढ्दा सनराइज बैंकले बढायो १५ कराेड

जग्गा विवादका बावजुद चोभारमा धमाधम सुख्खा बन्दरगाह बन्दै Read Next

जग्गा विवादका बावजुद चोभारमा धमाधम सुख्खा बन्दरगाह बन्दै