एभरेष्टको नाफामा ८ कराेडले बढ्दा सनराइज बैंकले बढायो १५ कराेड

एभरेष्ट बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब ५० करोड ९८ लाख रुपैयाँ खुद नाफा कमाएको विवरण सार्वजनिक गरेकाे छ । गत वर्षको यसैअवधिमा भने बैंकले १ अर्ब ४२ करोड ९९ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो । यो नाफा गत वर्षको भन्दा ५.५८ प्रतिशतले  अर्थात ७ करोड ९९ लाख रुपैयाँ बढी हो ।

 

बैंकको खुद ब्याज आम्दानी ८.६६ र सञ्चालन नाफा ५.५७ प्रतिशतले बढेको छ भने पुस मसान्तसम्म बैंकको निक्षेप संकलन र कर्जा प्रवाह पनि १३.७० र ७.९३ प्रतिशतले बढेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ रहेको छ । यो गत वर्षको भन्दा ४.९७ प्रतिशतले धेरै हो । गत वर्ष बैंकको चुक्ता पुँजी ८ अर्ब १० करोड ६८ लाख रुपैयाँ रहेको थियो । यसको रिजर्भ कोषमा भने विशाल ७ अर्ब २६ करोड ७४ लाख रुपैयाँकाे काेष रहेकाे छ ।

 

वार्षिकीकरण गर्दा बैंकको प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ २०७ रुपैयाँ ४ पैसा रहेको छ ।

 

त्यस्तै सनराइज बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यसैअवधिमा भन्दा १९.१२ प्रतिशतले  अर्थात १५ करोड १६ लाख रुपैयाँ बढी हो । गत वर्ष बैंकले ७९ करोड २७ लाख ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । पुस मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ५१ करोड ९० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

 

बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेसँगै खुद नाफा बढ्न टेवा पुगेको हो । खुद ब्याज आम्दानी १८.९३ प्रतिशतले बढेर २ अर्ब ४ करोड ७४ लाख ३५ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा १८.४२ प्रतिशतले बढेर १ अर्ब ३४ करोड ५१ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

 

सनराइजको प्रतिसेयर आम्दानीवार्षिकीकरण गर्दा  १ रुपैयाँ ६१ पैसाले बढेर २१ रुपैयाँ ०६ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ २६ पैसा छ । योसँगै बैंकको खराब कर्जा पनि बढेको छ । खराब कर्जा ०.४३ प्रतिशतले ले बढेर १.६९ प्रतिशत पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा वेसरेट ९.९९ प्रतिशतले कायम भएको छ ।

पीपीपी मोडलमा दुई कम्पनीसंग तमोर जलविद्युत आयोजना निर्माणको सम्झौता Read Previous

पीपीपी मोडलमा दुई कम्पनीसंग तमोर जलविद्युत आयोजना निर्माणको सम्झौता

जन्मदिन मनाउन चन्द्रागिरि केवलकारकाे टिकट निशुल्क Read Next

जन्मदिन मनाउन चन्द्रागिरि केवलकारकाे टिकट निशुल्क